मलाला फर्किइन् पाकिस्तान ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मलाला फर्किइन् पाकिस्तान !


१५ चैत्र २०७४, बिहिबार


काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई पाकिस्तान फर्केकी छिन् ।

तालिबान लडाकुहरुले गोली हानेपछि बेलायतको बर्मिङघममा बस्दै आएकी मलाला पहिलो पटक पाकिस्तान फर्किएकी हुन् ।

बालिका शिक्षाको पक्षमा अभियान चलाएको भन्दै सन् २०१२ मा एकजना बन्दुकधारीले उनको टाउकोमा गोली प्रहार गरेको घटनापछि पहिलो पटक फर्केकी हुन् ।

कडा सुरक्षाबीच इस्लामाबादस्थित बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना आमाबुबासँग देखिएको भिडिओ फूटेज पाकिस्तानी टेलिभिजनहरूले देखाएका छन्।

युसुफजाइले प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई पनि भेट्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस