प्रदेश नं. २ को आर्थिक कार्यविधि पारित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश नं. २ को आर्थिक कार्यविधि पारित


१४ चैत्र २०७४, बुधबार


महेन्द्रनगर । प्रदेश नं. २ मा प्रदेशसभाबाट आर्थिक कार्यविधि (विधयेक) आज पारित भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश सरकारका तर्फबाट सोमबार प्रदेशसभामा आर्थिक कार्यविधि (विधेयक) पेस गरेका थिए ।

प्रदेशसभामा सो विधेयक उपर मंगलबारदेखि चलेको छलफलबाट बुधबार प्रदेशसभा बैठकले पारित गरेको संघीय समाजवादी फोरमका प्रदेश सांसद कौशल यादवले जानकारी दिए । यससँगै अब प्रदेश सरकारले बजेट ल्याउने बाटो खुलेको छ । प्रदेशसभाको अर्को बैठक यही चैत १९ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ । रासस

प्रतिक्रिया दिनुहोस