नेपाल रेडक्रसलाई ८० लाख सहयोग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाल रेडक्रसलाई ८० लाख सहयोग


१४ चैत्र २०७४, बुधबार


काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले सन् २०१८ मा सञ्चालन गर्ने कार्यक्रमका लागि रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले करीव ८० लाख सहयोग गर्ने भएको छ ।

रेडक्रसका आधाभूत सिद्धान्त, पारिवारिक सम्पर्कको पुनःस्थापना, सुरक्षित पहुँच, समावेशीकरणको अभिवृद्धिजस्ता गतिविधि सञ्चालनमा नेपाल रेडक्रसले सो रकम खर्च गर्ने छ ।

आइसी आरसीका नेपाल प्रतिनिधि आन्द्रे पाकेट र नेरेसोका महामन्त्री देवरत्न धाख्वाले सो सहयोग सम्झौतामा आज हस्ताक्षर गरे । नेरेसोका उपमहामन्त्री हरिप्रसाद न्यौपाने, कामु निर्देशक इन्द्रबहादुर केसी आइसीआरसीका सञ्चार विभाग प्रमुख कृष्ण चालिलेलगायतको सहभागिता थियो ।

आइसीआरसीका प्रमुख पाकेटले मानवीय सेवामा अनवरत रुपमा लागिरेको रेडक्रस अभियानलाई निरन्तर सहयोग जारी रहने जानकारी दिनुभयो भने महामन्त्री धाख्वाले पारिवारिक सम्पर्कको पुनःस्थापना र संगठन सुदृढीकरणमा क्षमता अधिवृद्धिका लागि सहयोग महत्वपूर्ण रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस