लोकसेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लोकसेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर


१४ चैत्र २०७४, बुधबार


वस्तुगत प्रश्नोत्तर

१.ट्राभल वेबसाइट ट्रिप एड्भाइजरले सन् २०१८ मार्चमा सार्वजनिक गरेो एसियाका उत्कृष्ट २५ गन्तव्यको सूचीमा काठमाडौं कति औं स्थानमा रहेको छ ?

-छैटौं
(एसियाका उत्कृष्ट गन्तव्यको सूचीमा अग्रस्थानमा यण्डोनेसियाको बाली परेको । काठमाडौं भन्दा अघि वालीसँगै थाइल्याण्डको फुकेट , भियतनामको हनोई, कम्बोडियाको सियाम रियम एवं जापानको टोकियो सहर परेको )

२ं. मुलुकी अपराध (संहिता) ऐन,२०७४ राजपत्रमा कहिले प्रकाशित भएको हो ?

वि.स. २०७४ असोज ३०

( यो ऐनसंवत २०७४ भदौ १ देखि प्रारम्भ हुने )

३. मिसोफोनिया भन्नाले के बुझिन्छ ?

-विभिन्न प्रकारका ध्वनी सुनेर असहजपन

(आवाजका कारण हुने विशेष कठिनाइ)

४. कर्णाली प्रदेश सरकारले वि.स. २०७५ लाई कुन वर्षका रुपमा मनाउने घोषणा गरेको छ ?

-रारा कर्णाली पर्यटन वर्ष

– आन्तरिक तथा बाह्य गरी वार्षिक पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य सहित पर्यटन वर्ष मनाउन थालिएको हो ।
– रारा कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन वि.स. २०७५ बैशाख १ मा रारा ताल बाट गर्ने निर्णय भएको ।
-जतिय विविधता भित्र भाषा, कला र संस्कृतिका दृष्टिकोणबाट यो प्रदेश समृद्ध मानिने ।नेपालकै सबैभन्दा ठूलो रारा ताल, कैलाश मान सरोवर जाने प्रवेशद्धार,रारा राष्ट्रिय निकुञ्ज, डोल्पाको शे गुम्बा, फोक्सुण्डो ताल, वालात्रिपुरा सुन्दरी, जुम्लाको नेपाली भाषा तथा सभ्यताको उद्गम थलो सिन्जा उपत्यका, सुर्खेतको काँक्रे विहार, बुलबुले ताल, देउती बज्यै मन्दीर, कालिकोटे राष्कोट, पञ्चदेवल हुम्लाकको लिमी उपत्यका आदि यस प्रदेशका प्रमुख आकर्षण रहेका ।

५. छिन्ताङ काण्ड धनकुटामा भएको थियो भने झोडा काण्ड कहाँ भएको थियो ?

-मोरङ

६. नेपालमा कमलरी मुक्त घोयाण कहिले भएको थियो ?

-२०७० श्रावण ३

( कमैया मुक्त घोषणा वि.स. २०५७ श्रावण २ र हलिया मुक्त घोषणा २०६५ भाद्र २१ मा )

७. चारकुने मुद्रा प्रचलनमा ल्याउउने मल्ल राजा को हुन् ?

-प्रताप मल्ल

८. नेपालको सबै भन्दा धेरै नगरपालिका भएको जिल्ला कुन हो ?

-रौतहट (१६ ओटा )

(सबैभन्दा धेरै गाउँपालिका भएको जिल्ला धादिङ ११ओटा)

९. नेपाल र जोर्डन बीच द्धिपक्षीय श्रम सम्झौता कहिले भएको हो ?

-सन् २०१७ अक्टोबर १८

– नेपालको यो दोस्रो द्धिपक्षीय सम्झौता रहेको । नेपालले पहिलो द्धिपक्षीय श्रम सम्झौता कतारसँग गरेको ।
– हल नेपालले श्रम सम्झौता गरेको राष्ट्रको सँख्या सात रहेको ।

१०. नेपालमा जिरो हंगर च्यालेन्ज अभियान औपचारिक रुपमा कहिले सुरु भएको हो ?

-वि.स. २०७१पुष ४ गते

विषयगत प्रश्नोत्तर

१. अन्तः शुल्कमा भौसतक प्रणाली भनेको केहो ? यसको आवश्यकता किन पर्दछ ? चर्चा गर्नुहोस् ।

अन्तः शुल्क उत्पादनमा लाग्ने कर हो श्र यो स्वदेश भित्र उत्पादन हुने वस्तुमा लाग्दछ । स्वदेशमा अन्तः शुल्क लाग्ने वस्तु विदेशबाट पैठारी गरेमा पैठारी विन्दु भन्सार ककार्यालयमा अन्तःशुल्क लाग्दछ । नेपालमा अन्तःशुल्कलाई व्यवस्थित गर्न स्वयं निस्काशन प्रणाली र भौतिक नियन्त्रण प्रणाली लागू गरिएको छ । अन्तःशुल्क लाग्ने वस्तुमा राजस्व प्रशासनको प्रत्यक्ष नियन्त्रण र निगरानी नभई उत्पादनकर्ता औधौगिक प्रतिस्ठान नै जिम्मेवार र जवाफदेही हुने पद्धति स्वयं निष्काशन प्रणाली हो भने अन्तःशुल्क लाग्ने वस्तुमा राजस्व प्रशासनको प्रत्यक्ष नियन्त्रण र निगरानी रहने पद्धति भौतिक नियन्त्रण प्रणली हो । नेपालमा अन्तःशुल्क कर प्रणालीको प्रयोग सँगै भौतिक नियन्त्रण प्रणलीको सुरुवात भएको पाइन्छ ।

भौतिक नियन्त्रण प्रणालीको आवस्यकता

भौतिक नियन्त्रण प्रणालीमा मदिरा र सुर्तिजन्य वस्तु पर्दछन् । यी मानव स्वास्थ्य र वातावरणलाई हानी गर्ने वस्तु हुन् । यिनको गुणस्तर नियमन हुनु आवस्यक छ ।, अन्तःशुल्क राजस्व असुलीमा मदिरा र सुर्तिजन्य वस्तुको करीब ८० प्रतिशत योगदान छ । अन्तःशुल्कमा राजस्व चुहावटको प्रमुख क्षेत्र पनि यही हो, त्यसैले यसलाई व्यवस्थित गर्न भौतिक नियन्त्रण प्रणालीको आवस्यक परेको हो । यसको आवश्यक्ता निम्नानुसार उल्लेख गर्न सकिन्छ :

-अन्तःशुल्क लाग्ने वस्तु अत्पादन, वितरण सन्चयमा इजाजत पत्रको अनिवार्य प्रयो गराउने ,
-उत्पादनकालागी निश्चित मापदण्डको प्रयो भए नभएको अनुगमन गर्न,
-अन्तःशुल्क राजस्व असुली र चुहावट नियन्त्रणमा प्रभावकारीता बढाउन,
-वस्तु उत्पादनकै अवस्थामा खुद्रामुल्य कायम गर्न सहयोग गर्न,
-अन्तःशुल्क ऐन नियमको पूर्ण पालना गराउन ।

२. लोकतन्त्रको सफलाताकालागि आवश्यक पर्ने पूर्वशर्तहरु उल्लेख गर्नुहोस् ।

आवधिक निर्वाचनबाट जनताले आफ्ना प्रतिनिधि चयन गरी तिनै प्रतिनिधिबाट शासन व्यवस्था सञ्चालन गर्ने कार्य लोकतन्त्र हो । यस व्यवस्थामा राजनीतिक दलका प्रतिनिधिहरुले जनमत अनुसार कार्य गर्दछन् । यसका लागि एकदल नभइ बहुदल, दलबीच स्वच्छ प्रतिस्पर्धा, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालीका, पूर्ण प्रेस स्वतन्त्रताको आवस्यकता पर्दछ । त्यसै गरी स्थिर सरकार, नागरीक स्वतन्त्रता, मौलिक अधिकार, वालिग मताधिकार, मानव अधिकार,कानुनी रनज्य, दण्डहिनताको अन्त्य, भ्रष्टाचार नियन्त्रण, सुशासनको पनि आवश्यकता पर्दछ । यसो भएमा मात्र मुलुकमा शान्ति, सुरक्षा सुदृढ हुने स्थिरता हुने र विकासले गति लिने हुन्छ । यसबाट जनताले लोकतन्त्र सफलताको अनुभसति गर्छन् । त्यसैले माथि उल्लेखित विषय लोकतन्त्रको सफलताको लागि आवश्यक पर्ने पूर्वशर्तहरु हुन् ।

३. नेपालको तराई प्रदेशको छोटो परिचय दिनुहोस् ।

नेपालको पहाडी भागदेखि दक्षिणतर्फ भारतको सीमासम्म पूर्व पश्चिम फैलिएको समतल भूभाग तराई प्रदेश हो । समुद्र सतहदेखि ५९ मिटरदेखि ६०० मिटरको उचाइमा पनेृ यो प्रदेशको चौडाइ २५ कि.मि देखि ३० कि.मि सम्म छ । यो नेपालको मधेश क्षेत्र हो उत्तरबाट दक्षिणतिर होचो हुदै जानु र जमिन प्रायः समथल हुनु तराईको विशेषता हो । यो उष्ण क्षेत्र हो । यसलाई नेपालको अन्नभन्डार पनि भनिन्छ ।
तराई प्रदेशको विभाजन तराई प्रदेशलाई निम्न तीनश्रेणीमा विभाजन गर्न सकिन्छ :

क . खास तराई

नेपालको दक्षिण भागमा दक्षिणतर्फ होचिदै गएको भूभाग खास तराई हो । मिहिन पाँगो माटोले बनेको यो क्षेत्र उर्वर छ । चितवनको दक्षिणमा स्वमेश्वर पर्वतमाला र देउखुरीको दक्षिणमा डडुवा पर्वतमालाले काटेोले खास तराईलाई पूर्वी, मध्य र पश्चिम गरी तीन भागमा बाँड्ने गरिएको पनि पाइन्छ । झापा, मोरङ, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रौतहट,बारा, पर्साको दक्षिण, नवलपरासीको पश्चिम दक्षिण, रुपन्देहि र कपिलवस्तुको दक्षिण, बाँके,बर्दिया,कैलाली र कञ्चनपूरको दक्षिण क्षेत्र नेपालको खास तराईमा पर्छन् ।

ख. भावर क्षेत्र

खास तराईको उत्तर र चुरे पर्वत मालाको दक्षिणमा ३८० मिटरको उचाइ सम्म फैलिएको साँघुरो पेटी भाँवर क्षेत्र हो यो क्षेत्रको चौडाइ ८ देखि १० माइलसम्म छ ।

ग. भित्रि मधेश

चुरे र महाभारत पर्वतको बीचमा ६१० मिटरको उचाइसम्म चारैतिर पहाड पर्वतले घेरिई फैलिएको विशाल फाँट भित्रि मधेश हो । यसलाई दुन क्षेत्र पनि भनिन्छ । भित्री मधेशो लम्बाइ ३२ .िमि. देखि ६४ कि.मि. सम्म र चौडाई १६ कि.मि.सम्म छ ।

४.न्यायपालिकाले गर्ने कुनै पाँचओटा कार्य लेख्नुहोस् ।

१. जनतालाई न्याय दिने, अपराधिलाई दण्ड दिने देवानी र फौजदारी मु्द्दाको फैसला गर्ने जस्ता कार्य गरी न्याय सम्पादनका कार्य गर्ने ,
२. कानूनकोव्याख्या गर्ने,
३. नजीरको निर्माण गर्ने,
४.मौलिक हक अधिकारको संरक्षण , यसको लागि बन्दीप्रत्यक्षीकरण, परमादेश, प्रतिषेध, उत्प्रेषण र अधिकारपृच्छा जस्ता आदेश जारी गर्ने,
५. कार्यपालिका र व्यवस्थापिकालाई परेको कानुनी समस्यामा परामर्श दिने ।

५) नेपालमा वार्षिक वजेटको अनुगमनर मुल्याङ्कन सम्बन्धी के कस्तो व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।

नेपालमा वार्षिक वजेटको अनुगमन र मुल्याङ्कन सम्बन्धी निम्न व्यवस्था छ :

-सम्बन्धित मन्त्रालयले प्रत्येक महिना आफुसँग सम्बन्धित वजेट कार्यक्रमको प्रगति समिक्षा गर्ने व्यवस्था छ ।
-प्रत्येक दुई महिनामा अर्थमन्त्रालयमा अर्थमन्त्रीको अध्यक्षतामा सबै मन्त्रालयका सचिवको बैठक बस्ने व्यवस्था छ । अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक र वार्षि मूल्याङ्कन गरी प्रतिवेदन सार्वजनिक गर्ने व्यवस्था छ ।
-राष्ट्रिय योजना आयोगले विकास आयोजनाको अनुगमन र मुल्याङ्कन गरी आफ्नो समग्र कार्य प्रगतिको वार्षिक प्रतिवेदन तयारगरिुनेपाल सरकार समक्ष पेश गर्ने व्यवस्था छ ।
-सरकारी आय र व्ययको अन्तिम लेखापरीक्षण महालेखापरीक्षकबाट हुने, महालेखापरीक्षकले तयार गरेको वार्षिक प्रतिवेदन संसदमा छलफलमा हुने, छलफलबाट प्राप्त सुझावलाई आगामी वर्षको बजेटका लागि पृष्ठपोषणका रुपमा लिइने व्यवस्था छ ।

साभारः गोरखापत्र

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

 

Tags :
प्रतिक्रिया दिनुहोस