एक हजार तीन सय बिघामा मेन्था खेती « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एक हजार तीन सय बिघामा मेन्था खेती


१३ चैत्र २०७४, मंगलबार


कलैया । बाराको मनहर्वास्थित नेचुरल रिसिस प्रालिले यसवर्ष एक हजार तीन सय बिघामा मेन्था खेती गरेको छ ।

आर्थिक वर्ष २०७३/७४ मा उक्त प्रालिले क्यामोमाइल र मेन्था खेती गरी ६ करोड बराबरको आठ हजार एक सय किलो उत्पादन गरेको थियो ।

क्यामोमाइल तेल प्रतिबिघा चारदेखि पाँच किलो उत्पादन हुन्छ । प्रतिकिलो २१ का दरले बिक्री हुने गरेको सो लिमिटेडका प्राविधिक सल्लाहकार अजयकुमार जसवालले बताए ।

यस्तै, मेन्था तेल प्रतिबिघा एक सयदेखि १५० किलो उत्पादन हुन्छ भने प्रतिकिलो एक हजार ५० का दरले बिक्री हुन्छ । रासस

प्रतिक्रिया दिनुहोस