स्थानीय तह आफैंले करारमा कर्मचारी भर्ना गर्न सक्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

स्थानीय तह आफैंले करारमा कर्मचारी भर्ना गर्न सक्ने


१३ चैत्र २०७४, मंगलबार


काठमाडौं । कर्मचारी अभावमा दैनिक सेवा प्रवाहमा कठिनाइ झेल्दै आएका स्थानीय तहले करारमा कर्मचारी भर्ना गर्न सक्ने भएकाछन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७४ (नमूना कार्यविधि) स्वीकृत गरेसँगै स्थानीय तह आफैंले करारमा कर्मचारी भर्ना गर्न सक्नेछन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै तत्कालै स्थानीय तहहरुको कार्यलाई प्रभावकारी र सेवा प्रवाहलाई सुचारु र नियमित गर्न स्थानीय तहहरुलाई तुरुन्तै प्राविधिक कर्मचारीको टड्कारो आवश्यकता परेको यथार्थतालाई ध्यानमा राख्दै नेपाल सरकार मन्त्रीस्तरबाट स्थानीय तहमा करामा जनशक्ति व्यवस्थापन सम्वन्धी कार्यविधि, २०७४ (नमुना कार्यविधि) स्वीकृत भएको जनाएको छ ।

यससँगै अब सम्बन्धित स्थानीय तहहरूले कार्यविधिलाई आफ्नो आवश्यकता अनुसार कार्यपालिका बैठकबाट निर्णय गरी लागू गराउन सक्ने मन्त्रालयले जनाएको ।

नमूना कार्यविधिले स्थानीय तहलाई आवश्यक पर्ने इन्जिनियरिङ, कृषि, पशु, वन, स्वास्थ्य सेवासँग सम्बन्धित जनशक्ति करारमा लिन सक्ने व्यवस्था गरेको छ ।

हेर्नुहोस् विज्ञप्ती :

प्रतिक्रिया दिनुहोस