आगलागीमा तीन लाख क्षति « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आगलागीमा तीन लाख क्षति


१३ चैत्र २०७४, मंगलबार


आगलागी

लहान । सिरहाको बरियारपट्टि गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा करीब तीन लाख बराबरको क्षति भएको छ ।

बरियारपट्टि–१ निवासी योगेन्द्र यादवका घरबाट सल्केको आगो फैलिएर उनका दुई घर, घरमा रहेको २५ हजार, फर्निचर, खाद्यान्नलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीयवासी र प्रहरीको सहयोगमा आधा घण्टाभित्र आगो नियन्त्रणमा लिइएकाले थप दुर्घटना हुनबाट जोगिएको स्थानीयवासीले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस