सन्दिपले भने– आईपीएल खेल्न उत्साहित छु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सन्दिपले भने– आईपीएल खेल्न उत्साहित छु


१२ चैत्र २०७४, सोमबार


काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) आफ्ना लागि अत्यन्तै ठुलो अवसर भएको बताएका छन् । सन्दीपले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आईपीएलको अनुभव आफ्ना लागि नयाँ हुने बताए । उनले भने, ‘आईपीएल मेरा लागि नयाँ अनुभव हुने भएकाले म निकै उत्साहित छु ।

सन्दीप आईपिएल खेल्न मंगलबार भारत जाँदैछन् । उनले पत्रकार सम्मेलनमा दिल्ली डेयरडेभिल्सले आफूलाई ठूलो सहयोग गरेको बताए । उनले प्लेइङ इलाभेनमा पर्नु नपर्नु भन्दा पनि दिल्ली डियरडेभिल्सले जितोस् भन्ने आफुले चाहेको बताए ।

सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले गत महिना आईपीएल अक्सनबाट २० लाख भारुमा आफ्नो टिममा अनुबन्धित गरेको थियो । यो सिजनको आईपीएल खेल्ने सन्दीप लामिछाने एसोसिएट राष्ट्रका एकमात्र खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस