२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन

अ+ अ-

काठमाडौं । विभिन्न धर्मावलम्बीले गत फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनामा परी निधन भएका व्यक्तिको सम्झनामा आज माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका छन् ।

चारुमती बौद्ध विहारले आयोजना गरेको कार्यक्रममा हिन्दू, बौद्ध, शिख, किरात धर्मावलम्बीका साथै मृतकका आफन्त उक्त स्थानमा गरिएको श्रद्धाञ्जलिसभामा सहभागी भएका छन् । वटुकले वैदिक मन्त्रोचारण गरेपछि औपचारिक रुपमा कार्यक्रमको शुरुवात गरिएको थियो ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समितिले काम गरिरहेको बताउँदै प्रतिवेदन आएपछि हवाई सुरक्षालाई विशेष सुधार गरिने प्रतिबद्धता व्यक्त गरे ।

विहारका प्रमुख भिक्षु तपस्सी धम्मले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्त तथा परिवारप्रति समवेदना प्रकट गर्दै घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

कार्यक्रमका संयोजक राज्यलक्ष्मी शाक्यले सो घटनामा परी देशको विभिन्न क्षेत्रका दक्ष जनशक्ति, होनाहार तथा प्रतिभाशाली मानिसको मृत्यु भएकामा दुःख व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना गर्न कार्यक्रम आयोजना गरिएको बताए ।

घटनामा परेर मृत्यु भएकी एन्जला बरालका अभिभावकले उक्त दुर्घटनाका कारण देशको अपुरणीय क्षति भएको बताउँदै आफन्तको सम्झनामा गरिएको सो कार्यक्रमले केही राहतको अनुभव भएको र उनीहरुको चिरस्मरणका लागि सरकारलाई केही योजना ल्याउन आग्रह गरे ।

उक्त दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो । दुर्घटनाका २२ घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बंगलादेशबाट चिकित्सा शास्त्रसम्बन्धी अध्ययन सकेर फर्केका १३ विद्यार्थीले सोही दुर्घटनामा परी ज्यान गुमाएका थिए ।

0 Comments