भण्डारी दम्पत्ति हत्याकाण्डका सुटर सात वर्षपछि पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भण्डारी दम्पत्ति हत्याकाण्डका सुटर सात वर्षपछि पक्राउ


११ चैत्र २०७४, आइतबार


बुटवल । बुटवलका ब्यापारी दम्पत्ति रमेश र आस्था भण्डारी हत्याकाण्डका सुटर सात वर्षपछि पक्राउ परेका छन् । बुटवल सालझण्डी घर भएका सुटर अर्जुन गौतमलाई भातको सुनौलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीका अनुसार भारतीय प्रहरीसँगको समन्वयमा उनलाई नेपाल ल्याइएको छ ।

गौतमसहित ४ जनाको समूहले २०६७ साल असार ९ गते बुटवलको अति ब्यस्त जेसिजचोकमा भण्डारी दम्पत्तिमाथि गोली प्रहार गरेका थिए ।

घटनामा संलग्न दुई जना अहिले पनि जेल सजाय भोगीरहेका छन् भने अर्जुनका सहोदर दाजु कृष्ण भने फरार छन् ।

प्रतिक्रिया दिनुहोस