टिपर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टिपर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते


११ चैत्र २०७४, आइतबार


बस दुर्घटना

पाँचथर । पाँचथरको डिलिहाङ गाउँपालिका वडा नं ७ स्थित सिमखर्कमा आज टिपर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

काठमाडौं निवासी उमेशसिंह महासेठको मृत्यु भएको र घाइते महोत्तरी बर्दिवास बस्ने २४ वर्षीय शम्भु महराको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाअ२८प ६६८३ नंको मिनीट्रक सामान लिएर फर्कंदै गर्दा अनियन्त्रित भई सडकबाट ५०० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस