आयोगद्वारा ४४ गाडी हस्तान्तरण « प्रशासन
Logo १२ आश्विन २०७८, मंगलबार
   

आयोगद्वारा ४४ गाडी हस्तान्तरण


९ चैत्र २०७४, शुक्रबार


काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नेपाल सरकारअन्तर्गतका विभिन्न निकायलाई आज ४४ थान सवारी साधन हस्तान्तरण गरेको छ ।

आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले आफ्नै कार्यकक्षमा मन्त्रिपरिषद्को कार्यालयसहित उपराष्ट्रपतिको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालय, विभिन्न मन्त्रालयसहित राष्ट्रिय समाचार समिति र रेडियो नेपाललाई सवारी साधन हस्तान्तरण गरिएकोे जानकारी दिए ।

प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले आफूले प्रयोग गरिरहेको पुरानो सवारी साधन नै प्रयोग गर्ने भएकाले प्रमुख आयुक्तका लागि खरिद गरिएको नयाँ सवारी साधन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय भएको जनाइएको छ ।

सचिव पौड्यालले मुलुकमा तीनै तहको निर्वाचनसहित राष्ट्रपति एवम् उपराष्ट्रपति पदको समेत निर्वाचन सम्पन्न भइसकेका अवस्थामा निर्वाचन सञ्चालन प्रयोजनका लागि प्रयोग गरिएका सबै सवारी साधन विभिन्न सरकारी निकायलाई हस्तान्तरण गरिएको बताए । रासस

प्रतिक्रिया दिनुहोस