१० हजार घुससहित भूमिसुधार कार्यालयका नासु पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

१० हजार घुससहित भूमिसुधार कार्यालयका नासु पक्राउ


९ चैत्र २०७४, शुक्रबार


भक्तपुर । भूमिसुधार कार्यालय ब्यासी, भक्तपुरका नायब सुब्बा १० हजार घुस लिँदैगर्दा पक्राउ परेका छन् । नासु कमल भुजेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट १० हजार घुस लिँदै गर्दा पक्राउ गरेको हो ।

चाँगुनारायण नगरपालिका–८ मा जग्गाको मोही कायम गर्ने प्रयोजनको लागि उनले सेवाग्राहीसँग घुस रकम माग गरेकाले कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता दीर्घराज मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस