सिन्धुपाल्चोकाम बस दुर्घटना, तीनको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सिन्धुपाल्चोकाम बस दुर्घटना, तीनको मृत्यु


९ चैत्र २०७४, शुक्रबार


बस दुर्घटना

सिन्धुपाल्चोक । काठमाडौबाट सिन्धुपाल्चोकको भोटेनाम्लाङ जाँदै गरेको बस दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

सिन्धुपाल्चोकको साँखु भोटेचौर मेलम्ची सडकखण्डको चारघरेमा शुक्रबार दिउँसो दुई बजेतिर बा २ ख ४३२५ नम्बरको बस दुर्घटना ग्रस्त भएको हो । काठमाडौँबाट मेलम्ची जाँदै गरेको आमा हेल्मो यातायातको बस सडकबाट ४० मिटर तल खसेर दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय मेलम्ची र पाहुनेपाटी प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थल पुगेर घाइतेको उद्धार गरिरहेका छन् । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलम्ची पठाइएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस