२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अलैची विकास बोर्ड स्थापना गर्न पहल लिन्छु : मन्त्री खनाल

अ+ अ-

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले अलैची खेतीको गुणात्मक विकास र उत्पादनका लागि अलैची विकास बोर्ड स्थापना गर्न पहल थाल्ने बताएका छन् ।
राजधानीमा अलैचीको विकासका लागि स्वायत्त निकाय (अलैची विकास बोर्ड) स्थापनाका सम्बन्धमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री खनालले अलैची विकास बोर्ड स्थापनाका लागि मस्यौदा बनिसकेकाले त्यसलाई मन्त्रिपरिषद्मा लैजान पहल गर्ने बताए । ‘अलैची विकास बोर्ड आवश्यक छ, यसका निम्ति मस्यौदा बनिसकेको जानकारी पाएको छु, यसलाई म मन्त्रिपरिषद्मा लैजान पहल गर्छु’ उनले भने ।

यसअघि गठन भएको कृषिसँग सम्बन्धित विकास बोर्डहरुबाट गर्न सकिने कामहरु समेत नभएको बताउँदै मन्त्री खनालले अलैची खेतीको लागि जमिनको पहिचान गर्दै अलैची खेतीलाई राष्ट्रिय रुपमा फैलाउनुपर्नेमा जोड दिए ।

अलैची खेतीको गुणात्मक उत्पादनका निम्ति सरकारले गर्नुपर्ने सहयोग गर्न सरकार तयार रहेको बताउदै उनले भने, ‘नेपालमा ठोस नीति नभएको कारणले कुन खेती कहाँ उपयुक्त हो र कहाँ हुन्छ, कुन चिज कहाँ उत्पादन गर्ने हो भन्ने कुराको राम्रो कार्यक्रम छैन । हामी अब उत्पादनमा केन्द्रित हुने हो, यसलाई विस्तार गर्दै जमिनको पहिचान गरेर अगाडि बढ्नुपर्छ ।’

मन्त्री खनालले उत्पादित वस्तुमा विषादीको प्रयोग डरलाग्दो अवस्थामा रहेकाले अध्ययन गरेर विषादीलाई नियन्त्रण गर्ने उपायहरुको अवलम्बन समेत गर्ने बताए ।

0 Comments