ठूलो परिमाणमा लागुऔषसहित सहित पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ठूलो परिमाणमा लागुऔषसहित सहित पक्राउ


८ चैत्र २०७४, बिहिबार


काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ठूलो परिमाणमा लागुऔषधसहित एकजनालाई आज पक्राउ गरेको छ ।

प्रभागबाट खटिएको टोलीले बिहान विराटगरबाट काठमाडौं आउँदै गरेको ना७ख ६३४२ नं. को यात्रुवाहक बस चेकजाँच गर्दा विराटनगरका २५ वर्षीय अमितकुमार साहलाई पक्राउ गरेको हो ।

प्रभागका प्रमुख केशवराज भट्टले साहबाट ५०० एम्पुल नुर्फिन, ५०० एम्पुल फेनार्गन, ५०० एम्पुल डाइजेल्याव र २८० ट्याब्लेट नाइट्राजेपाम वरामद गरेको जानकारी दिए । पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको प्रभागले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस