अग्निपीडितलाई राहात उपलब्ध गराइने : ज्ञानेन्द्रबहादुर कार्की « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अग्निपीडितलाई राहात उपलब्ध गराइने : ज्ञानेन्द्रबहादुर कार्की


८ चैत्र २०७४, बिहिबार


इनरुवा । सुनसरीको बराह नगरपालिका–११ का अग्निपीडितलाई सांसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राहतस्वरुपरु २५ लाख बराबरको सहयोग उपलब्ध गराउने जानकारी दिएका छन् ।

पीडित परिवारको आवश्यकताका आधारमा जिल्ला दैवी प्रकोप उद्धार समितिको निर्णयपश्चात् सो रकम उपलब्ध गराउने बताए।

आगलागी क्षेत्रको स्थलगत निरीक्षण गरेका कार्कीले राहत वितरण जारी रहे पनि प्रभावकारी नदेखिएकाले व्यवस्थित र उचित राहतका लागि सरकारसँग माग गर्ने जानकारी दिंदै पीडित परिवारका लागि भाँडाकुँडासहित चामल वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस