माटोको ढिस्कोले पुरिएर मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

माटोको ढिस्कोले पुरिएर मृत्यु


७ चैत्र २०७४, बुधबार


स्याङजा । स्याङजाको पश्चिममा पर्ने कालीगण्डकी गाउँपालिका–६ दब्चेमा माटोको ढिस्कोले पुरिएर आज दिउँसो एक महिलाको मृत्यु भएको छ ।

वडा प्रहरी कार्यालय वालिङका अनुसार कालीगण्डकी गाउँपालिका–६ दब्चे लाम्दीकोटकी ४१ वर्र्षीया इन्दिरा रानाको घटनास्थलमै मृत्यु भएको हो ।

रानाको घर पोत्ने रातो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो । घटनामा परी सोही स्थानका १८ वर्र्षीया भावना दर्लामी र ५२ वर्षीया जीतमाया गाहा घाइते भएका छन् । उनीहरूको पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस