पार्टी भित्र आर्थिक अनुशासन कायम गर्नुपर्छ– अध्यक्ष महर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पार्टी भित्र आर्थिक अनुशासन कायम गर्नुपर्छ– अध्यक्ष महर


७ चैत्र २०७४, बुधबार


नुवाकोट । नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले पार्टी भित्र आर्थिक अनुशासन कायम हुनपर्ने बताएका छन् ।

बुधबारबाट नुवाकोट जिल्लाको विदुरमा जननायक गिरिजाप्रसाद कोइरालाको आठौँ पुण्यतिथिको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको सम्मेलनमा महरले नेपाली कांग्रेसबाट मुलुकमा आर्थिक सुधारको अभियान थालिनु पर्ने बताएका हुन् । उनले नेपाली कांग्रेसको सदस्यता लिएकै दिन पार्टीले आफ्नो सक्रिय सदस्यको सम्पति विवरण पनि खुलाउने व्यवस्था गर्नु पर्ने बताए ।

‘कार्यकर्तामा आर्थिक अनुशासन हुनुपर्छ । सदस्यता लिएको बेला पेस गरेको सम्पति विवरण चार वर्ष पछि नविकरण गर्ने बेला पनि पेस गर्ने व्यवस्था गरिनु पर्छ ।’ महरले भने, ‘यस्तो व्यवस्थाको सुरुवात नेपाली कांग्रेसले गरोस् र यसको सिको अरु पार्टीले पनि गरुन ।’

उनले कर्मचारीले पनि जागिर खाँदा नै आफ्नो सम्पति पेस गर्नुपर्ने र प्रत्यक पाँच वर्षमा सम्पति छानविन हुने व्यवस्था गरिनु पर्ने बताए ।

महरले यस्तो गर्दा आर्थिक अनियमितता, भ्रष्टाचार आफै रोकिने बताए । प्रत्येक नेपालीले आर्थिक पारदर्शिता देखाउने हो भने देश आफै समृद्ध हुन्छ, महरले भने ।

प्रतिक्रिया दिनुहोस