जिपको ठक्करबाट एकजनाको मृत्यु « प्रशासन
Logo ११ आश्विन २०७८, सोमबार
   

जिपको ठक्करबाट एकजनाको मृत्यु


७ चैत्र २०७४, बुधबार


बस दुर्घटना

दाङ । घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीमा जिपको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ ।

घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको लु१च ४६३६ नंको जिपले पैदल यात्री तुलसीपुर–१९ की १६ वर्षीया सोनिया नेपालीलाई ठक्कर दिएको हो ।

ठक्करबाट घाइते नेपालीको राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।रासस

प्रतिक्रिया दिनुहोस