२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयमा छात्रा आफैँ सेनेटरी प्याड बनाउँछन्

अ+ अ-

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–१ स्थित नुनसरी आधारभूत विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा नुमा लिम्बूले नौ महिनायता विद्यालयमा आफैँले बनाएको सेनेटरी प्याड प्रयोग गर्दै आएका छन् ।

लिम्बू मात्र होइन विद्यालयमा अध्ययरनत अधिकांश छात्रा महिनावारी हुने समयमा विद्यालयमै बनाइएको सेनेटरी प्याड पूर्ण सरसफाइका साथ प्रयोग गर्दै आएका छन् ।

कक्षा ७ मा अध्ययनरत अञ्जली निरौला भन्छिन्, ‘फलाटिनको कपडा प्रयोग गरेर बनाइएको सेनेटरी प्याड पुन: प्रयोग गर्न मिल्ने र नरमसमेत हुने भएकाले प्रयोग गर्ने गरेका छौँ ।’ एक मिटर कपडाबाट चार वटा सेनेटरी प्याड बनाउन सकिने र तत्काल आवश्यक पर्दा विद्यालयमा रु २५ तिरेर छात्रालाई प्रयोग गर्न दिइन्छ ।

सो रकमबाट छात्राले प्याड बनाउन आवश्यक पर्ने सामग्री किन्ने गरेका छन् । कपडालाई साइजअनुसार काटी सियो–धागोले सिलाएर खिपसमेत प्रयोग गरिन्छ । फलाटिनको कपडाभित्र एउटा नरम कपडा पनि प्रयोग गरिन्छ । प्याड २१ इन्च लम्बाइ र १४ इन्च चौडा हुन्छ । छात्राले आफैँ बनाएको सेनेटरी प्याड विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षिकाले पनि प्रयोग गर्दै आएका छन् । कक्षा ६ देखि ८ सम्मका छात्रा खुलेर विद्यालयमै सेनेटरी प्याड मात्र बनाउँदैनन्, महिनावारीको विषयमा पनि खुलेरै छलफल गर्ने भएका छन् ।

प्लान नेपाल र सामुदायिक समाज उत्थान केन्द्र (सिएसडिसी) ले विद्यालयमा संयुक्त रुपमा महिनावारी स्वच्छता व्यवस्थापन कार्यक्रम सञ्चालन गरेपछि छात्रा आफैँ सेनेटरी प्याड बनाउन र महिनावारीका विषयमा खुलेरै कुरा गर्न सक्ने भएका हुन् । विद्यालयमा १४ छात्राको महिनावारी स्वच्छता तथा व्यवस्थापन किशोरी समूह बनाइएको छ । सोही समूहमा छात्रा भेला भएर सेनेटरी प्याड बनाउनाका साथै महिनावारीका विषयमा छलफल गर्दै आएका हुन् । समूहले महिनावारीका विषयमा सचेतनामूलक सडक नाटकसमेत छिमेकका चार वटा विद्यालयमा देखाइसकेका छन् ।

प्लान नेपाल र सिएसडिसीले शुरुमा केही छात्रालाई सेनेटरी प्याड बनाउन सिकायो । त्यसपछि सिकेका छात्राले एकदिने तालीम सञ्चालन गरेपछि सबै छात्रा सजिलै सिनेटरी प्याड बनाउने भएका हुन् । उनीहरुले पुन: प्रयोग गर्न सकिने प्याड बनाउन अभिभावकलाई समेत सिकाएको छात्रा सभ्या लिम्बूले बताइन् ।

‘महिनावारी भएको बेला विद्यालय आउन मनै लाग्दैन थियो, साथीहरूले जिस्काउँछन् कि भन्ने डर लाग्दथ्यो,’ कक्षा ८ मा अध्ययनरत अमिशा लिम्बूले भभन्,ि ‘तर, यसबारे तालीम पाएपछि कुनै डर लाग्दैन । पढ्दापढ्दै महिनावारी भयो अथवा कुनै अप्ठ्यारो भयो भने स्कूलमै छुटृै कोठा भएकाले सबै छात्रालाई सहज भएको छ ।’

विद्यालयमै छात्रा आफैले सेनेटरी प्याड बनाउन थालेपछि महिनावारी भएको बेला विद्यालय नआउने छात्राको संख्या शत्प्रतिशत घटेको प्रधानाध्यापक ठमेश मोक्तानले बताए । यसअघि महिनावारीको बहानमा धेरै छात्रा विद्यालय नआउने गरेकामा अहिले त्यस्तो अवस्था नरहेको चर्चा गर्दै प्रअ मोक्तानले भने, ‘विद्यालयमै आराम कक्ष र सेनेटरी प्याडको व्यवस्थाले गर्दा उनीहरु सहज रुपमा विद्यालय आउन थालेका छन् ।’ विद्यालयमा कूल २०० विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस