कांग्रेस कोषाध्यक्षको राष्ट्रिय सम्मेलन « प्रशासन
Logo १४ असार २०७९, मंगलबार
   

कांग्रेस कोषाध्यक्षको राष्ट्रिय सम्मेलन


७ चैत्र २०७४, बुधबार


नुवाकोट । नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट विदुरमा शुरु हुन लागेको छ ।

सम्मेलनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ, कांग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय कार्यसमितिका संयोजक गोविन्द पुडासैनीले भने, ‘सम्मेलनमा सहभागी हुने सबै जिल्लाका कोषाध्यक्ष आउने क्रम शुरु भएको छ ।’

‘पछिल्ला निर्वाचनको परिणामले पार्टी कमजोर बनाएको समयमा हुनलागेको यो सम्मेलनले पार्टीलाई थप सुदृढ र बलियो बनाउन सहयोग पुग्ने छ,’ संयोजक पुडासैनीले भने, ‘पार्टीको केन्द्रीय पदाधिकारीसहित शीर्ष सबै नेता एकै मञ्चमा सहभागी हुने भएकाले गुटगत प्रवृत्तिको समेत अन्त्य गराउन सम्मेलन सार्थक हुने विश्वास छ ।’

जननायक गिरिजाप्रसाद कोइरालाको आठौँ पुण्यतिथिको अवसर बनाएर आयोजना गरिएको सम्मेलन आजबाट शुरु भई भोलि बन्द सत्रसहित प्रशिक्षण र ९ गते रसुवाको स्याफ्रुबेंसीमा समीक्षा बैठकसहित पत्रकार सम्मेलन गरी सयुक्त घोषणापत्र जारी गरेर सम्पन्न हुने कांग्रेस रसुवाका कोषाध्यक्ष पदम न्यौपानेले जानकारी दिए ।

पार्टीका कोषलाई बढी व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन भेला केन्द्रित हुने जनाएको छ । कांग्रेसलाई अझ बढी सबल, सुदृढ र सक्षम बनाउनका लागि पनि यो सम्मेलनले सहयोग पुर्याउने कांग्रेस तनहुँका कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिए ।

सम्मेलनले पार्टीको भावी रणनीतिसमेत तय गरिने उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस