४० तोला सुन सहित ३ जना पक्राउ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

४० तोला सुन सहित ३ जना पक्राउ


६ चैत्र २०७४, मंगलबार


काठमाडौं । महानगरीय प्रहरी वृत्त, गौशालाको टोलीले ३० तोला सुन तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको गल्याङका २३ वर्षीय चरमबहादुर केसी, हुलु–९ का २५ वर्षीय नारायण कुँवर र नवलपरासीको सुनवलका ३० वर्षीय खुमप्रसाद न्यौपाने रहेका छन् ।

बैदेशिक रोजगारीको शिलसिलामा दुबईबाट फर्किएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गरगहनाहरु तस्करी हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

तीनै जनालाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरीहरभवन पुल्चोक पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस