त्रिभुवन विमानस्थलमा गृहमन्त्रीको छड्के जाँच, कार्यकक्षमा भेटिएनन अधिकांश कर्मचारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

त्रिभुवन विमानस्थलमा गृहमन्त्रीको छड्के जाँच, कार्यकक्षमा भेटिएनन अधिकांश कर्मचारी


६ चैत्र २०७४, मंगलबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘छड्के’ जाँच गरेका छन् ।

ममंगलबार दिउँसो विमानस्थल पुगि अध्यागमन कक्ष र अन्तर्राष्ट्रिय उडान कक्षमा छड्के जाँच गरेका थिए । तर मन्त्री दुवै कक्षका अधिकांश कर्मचारीलाई कार्यकक्षमा भेटेनन् । उनले अफिस समयमा कार्यकक्षमा नभेटिएका कर्मचारीलाई कारबाही गरिने बताएका छन् ।

कर्मचारीको खाजा खाने समय दिउँसो एकदेखि दुईबजेसम्म तोकिएको भएपनि चार बजे अफिस टाइममा कर्मचारी नभेटिनुले मन्त्री थापा कामप्रति लापबाही भएको भन्दै असन्तुष्ट भएका छन् ।

प्रतिक्रिया दिनुहोस