उपराष्ट्रपतिलाई चिनियाँ उपराष्ट्रपतिको बधाई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उपराष्ट्रपतिलाई चिनियाँ उपराष्ट्रपतिको बधाई


६ चैत्र २०७४, मंगलबार


काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले बधाई दिएका छन् ।

नवनिर्वाचित चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले सोमबार पद तथा गोपनियताको सपथ लिएका उपराष्ट्रपति पासाङलाई चिनियाँ राजदूत यु होङमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

चिनियाँ उपराष्ट्रपतिको बधाई सन्देश लिएर उपराष्ट्रपतिलाई भेट्न नेपालका लागि चीनका राजदूत यु होङ मंगलबार अपरान्ह सन्देश लिएर उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेकी थिइन् ।

उपराष्ट्रपतिसँगको भेटमा राजदूत होङले चीनका उपराष्ट्रपति, चीन सरकार र आफ्नो तर्फबाट बधाई तथा शुभकामना दिए ।

भेटमा उपराष्ट्रपतिले आफू दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुँदा बधाई दिएकोमा चीनका उपराष्ट्रपति, चीन सरकार र नेपालका लागि चिनियाँ राजदूतलाई धन्यवाद दिनुका साथै उपराष्ट्रपतिले पासाङले चीनका राष्ट्रपतिलाई स्वागत गर्न नेपाली जनता आतुर रहेको बताउँदै छिट्टै भ्रमण हुने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपतिसँगको भेटमा चीनका राजदूत होङले नेपाल विकासको नयाँ युगमा प्रवेश गरेको बताउँदै नेपालको विकास गर्ने साझा प्रयासमा चीन अग्रमोर्चामा सहयोगी रहने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस