संविधान संशोधन नभए द्वन्द्व बढ्ने खतरा : डा. बाबुराम भट्टराई « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संविधान संशोधन नभए द्वन्द्व बढ्ने खतरा : डा. बाबुराम भट्टराई


६ चैत्र २०७४, मंगलबार


लहान । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन नभए मुलुकमा अर्को द्वन्द्वको बीउ रोपिने खतरा रहेको बताएका छन् ।

प्रदेश नं १ र २ का कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमका लागि लहानमा रहेका पूर्वप्रधानमन्त्री डा. भट्टराईले आज बिहान आयोजित पत्रकार सम्मेलनमा संविधानप्रति मधेशी जनताको तीव्र असन्तुष्टि रहेकाले यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

मधेशी दलका नेतामा अवसरवादी प्रवृत्ति देखिएको आरोप लगाउँदै उनले संविधान संशोधन गराउने विषय बोकेर जनताबाट पाएको मतको कदर गर्न सुझाव दिए ।

यसअघि आज बिहान डा. भट्टराईले लहानस्थित शहीद उद्यान पुगेर मधेस आन्दोलनको पहिलो शहीद रमेश महतोलगायत शहीदको शालिकमा माल्यार्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस