सबै मिलेर देश निर्माणमा लाग्नु पर्छ प्रधानमन्त्री ओली « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सबै मिलेर देश निर्माणमा लाग्नु पर्छ प्रधानमन्त्री ओली


५ चैत्र २०७४, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नयाँ मोडमा प्रवेश गरेको बताएका छन् ।
चन्द्रागिरी नगरपालिका स्थित मातातिर्थमा शसस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तालिम केन्द्रको सोमबार उद्दघाटन गर्दै प्रधानमन्त्री ओलीले विगततिर फर्केर पश्चाताप वा समिक्षा गर्ने नभई वर्तमान र भविश्यलाई हेरेर देश निर्माणका लागि काम गर्नुपर्ने बताए । ‘हिजो भनाभन गरेका थियौं, ओलिले भने, ‘अब सबै मिलेर देश निर्माणमा लाग्नु पर्छ ।’

जनताले विकास निर्माण, उत्पादन, शिक्षा, स्वास्थ्य, सुरक्षा र परिवर्तन चाहेको प्रधानमन्त्री ओलीले बताए । ‘हाम्रा बाटाहरु चिल्ला हुन् । खेत बाँझा नहुन् । खेतमा धान र गहुँका बाला झुलुन् । विद्यालयमा पढाइ चलोस भन्ने सबैको चाहना छ ।’ ओलीले भने, ‘यसका लागि हामी सबै एकताबद्ध भएर लाग्नु पर्छ । जनताको यो सपना पुरा हुन्छ ।’

प्रधानमन्त्रीले शसस्त्र प्रहरी बलले स्थापनाको छोटो समयमा नै समाजमा शान्ती सुरक्षाका क्षेत्रमा निर्वाह गरेको भूमिकाको प्रशंशा गरेका छन् । उनले शसस्त्र प्रहरी बललाई राष्टिकयता, अखण्डता र सार्वभौमसत्तालाई ध्यानमा राखेर काम गर्न पनि निर्देशन दिएका छन् ।

चिन सरकारको ३ अर्ब ६० करोड रुपैयाँ सहयोगमा तालिम केन्द्र निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस