उपराष्ट्रपति पुनको सपथ आज « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

उपराष्ट्रपति पुनको सपथ आज


५ चैत्र २०७४, सोमबार


काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

उपराष्ट्रपतिको दोस्रो कार्यकालका लागि आइतबार निर्वाचित भएका पुनले आज अपरान्ह ४ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

उपराष्ट्रपतिका लागि शनिबार उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिइएकोमा वाम गठबन्धनका नन्दबहादुर पुनको विरुद्ध कसैको पनि उम्मेदवारी नपरेपछि आयोगले आइतबार पुन निर्विरोध निर्वाचित भएको घोषाणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस