कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहद्वारा कैलाली बन्द « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहद्वारा कैलाली बन्द


प्रशासन विशेष ब्युरो

३ चैत्र २०७४, शनिबार


कैलाली । कार्यकर्ता पक्राउको बिरोधमा विप्लव नेतृत्वको नेकपाले कैलाली बन्द गरेको छ ।

घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीलाई आक्रमण गर्ने कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको बिरोधमा विप्लव नेतृत्वको नेकपाले शनिबार कैलाली जिल्ला बन्द गरेको हो ।

बन्दका कारण सडकमा यातायातका साधन चलेका छैनन् भने पशलहरु पनि नखुलेका कारण बजार ठप्प छ ।

गत फागुन २८ गते मेयर चौधरीलाई आक्रमण गरेको आरोपमा विप्लव समूहका चार जना पक्राउ परेका छन् । प्रहरीले घोडाघोडी नगरपालिका १ लक्ष्मीपुर बस्ने ४० वर्षीय कमल क्षेत्री, वडा नम्बर ९ बस्ने ३६ वर्षीय भरतबहादुर शाह, धनगढी उपमहानगरपालिका ८ बस्ने ३० वर्षीय पुर्णप्रसाद खनाल र टिकापुर नगरपालिका १ का ३० वर्षीय हृदयराज बोगटीलार्इ पक्राउ गरिएको भएपनि कैलाली इन्चार्ज महान र सेक्रेटरी अमरले संयुक्त विज्ञप्ति निकालेर चौधरीमाथि भएको आक्रमणमा नेकपाको संलग्नता नभएको दावी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस