३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धेरै कर तिर्नुस्, धेरै सुविधा लिनुस्– अर्थमन्त्री खतिवडा

अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नगरवासीले बढी कर तिरेर सुविधा धेरै लिनुपर्नेमा सेवा धेरै खोज्ने तर कर तिर्न नखोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् ।

नेपाल नगरपालिका संघको रजत महोत्सव समारोहमा उनले कर नतिरी सुविधा खोज्दा मुलुकको ऋण बढ्ने बताए । ‘भूउपयोग नीति बने पनि ऐन नबन्दा भूमिको जथाभावी प्रयोग भएको छ, सरकार छिटो भूूउपयोग ऐन संघीय संसद्मा पेश गर्ने तयारीमा छ’, डा खतिवडाले भने । बस्ती विकासलाई व्यवस्थित बनाइनुपर्नेमा पनि उनले जोड दिए । जनसंख्याको दुई तिहाइ जनता नगरवासी भएको बताइएको छ ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय सरकार बलियो बनाइएको संविधान दक्षिण एशियामै नेपाल पहिलो भएको जिकिर गरेयो । ‘संघीय सरकारको कर्मचारीतन्त्र स्थानीय तहमा अधिकार दिने पक्षमा छैन, यसैले स्थानीय तहले पाएको अधिकार सशक्त र प्रभावकारी ढंगले प्रयोग गर्नुपर्छ, स्थानीय तहले बनाएको कानून राष्ट्रपति र प्रधानमन्त्रीले पनि मान्नुपर्छ’, उनले भने ।

वि.सं. २०५४ देखि हालसम्म संघको अध्यक्ष रहनुभएका मुख्यमन्त्री पौडेलले स्थानीय सरकारलाई बलियो बनाउन संघ २० वर्षसम्म लडेको बताउँदै अस्तव्यस्त शहरी विकास रोकी व्यवस्थित बनाउन नगरपालिकाका साथमा प्रदेश सरकार रहेको स्पष्ट गरे । कार्यक्रम संयोजक एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जु, संघका कार्यकारी सचिव कलानिधि देवकोटालगायतले कानूनी रुपमा दिइएको अधिकार कार्यान्वयनमा नगरपालिकाले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नगरपालिकाको संस्थागत र क्षमता विकासमा योगदान पु¥याएवापत खेमराज नेपाल, अरुण रेग्मी, कनकमणि दीक्षित, लजना मानन्धर, अमृत राई, सञ्जीव पोखरेल, संघका उत्कृष्ट कर्मचारी पवन बस्नेत, युनाइटेड सिटी अफ लोकल गभर्नेन्स एशिया प्यासिफिककी डा इरावती बर्नादिया, तेजेन्द्रादेवीलगायतलाई सम्मान गरिएको थियो ।

सो अवसरमा प्रदेश नं १ बाट दमक, प्रदेश नं २ बाट गणेशमान चारनाथ, प्रदेश नं ३ बाट भरतपुर महानगरपालिका, प्रदेश नं ४ बाट वालिङ, प्रदेश नं ५ बाट बुटवल उपमहानगरपालिका, प्रदेश नं ६ बाट चन्दननाथ र प्रदेश नं ७ बाट भीमदत्त नगरपालिकालाई ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ दिइएको थियो । बिल गेट्स फाउन्डेशनले नेपाल र बंगलादेशका पाँच पाँच नगरपालिकामा खानेपानी र सरसफाइ कार्यक्रममा सहयोग गर्ने सम्झौतामा पनि सो अवसरमा हस्ताक्षर भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस