मन्त्रिपरिषद विस्तार, हेर्नुस् नामावली सहित « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

मन्त्रिपरिषद विस्तार, हेर्नुस् नामावली सहित


२ चैत्र २०७४, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद विस्तार गरेको छ । एमाले र माओवादी केन्द्रबाट ११ मन्त्री र ४ राज्यमन्त्री थपिएका छन् । यो सँगै ओली सरकार २२ सदस्यीय बनेको छ ।

एमालेबाट सचिव प्रदिप ज्ञवाली परराष्ट्र मन्त्री, अर्का सचिव गोकर्ण विष्ट श्रम तथा रोजगार मन्त्री र नेता रविन्द अधिकारी पर्यटन मन्त्री बनेका छन् । यस्तै रघुवीर महासेठ भौतिक पुर्वाधार मन्त्री, शेरबहादुर तामाङ कानुन मन्त्री र जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

यता नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन उर्जा तथा जलस्रोत मन्त्री, गिरिराजमणि पोखरेल शिक्षा मन्त्री, शक्ति बस्नेत बन मन्त्री, चक्रपाणि खनाल कृषि तथा शहकारी मन्त्री र विना मगर खानेपानी मन्त्री बनेका छन् ।

शुक्रबार साँझ नव नियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन् ।

गत फागुन ३ गते प्रधानमन्त्री बनेका ओलीले सोही दिन सर्पराइज दिने गरी लालबाबु पण्डित र थममाया थापामगरलाई मन्त्री बनाएका थिए। त्यसको केही दिन पछि फागुन १४ गते ओलीले सरकारमा एमालेका दुईमध्ये इश्वर पोखरेललाई रक्षा, युवराज खतिवडालाई अर्थ मन्त्री बनाएका थिए भने माओवादी केन्द्रका दुई मन्त्रीमध्ये रामबहादुर थापा बादललाई गृह र मातृका यादवलाई उद्योग मन्त्री थप गरेका थिए।

अब प्रधानमन्त्री सहित एमालेका ११ मन्त्री र ३ राज्यमन्त्री भएका भने माओवादीका ७ मन्त्री र १ राज्यमन्त्री गरी २२ सदस्यीय मन्त्रीमण्डल बनेको छ ।

प्रतिक्रिया दिनुहोस