मदिरामा मोजा, स्याम्पु र प्याड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मदिरामा मोजा, स्याम्पु र प्याड


२ चैत्र २०७४, शुक्रबार


सल्यान । जिल्ला प्रहरी कार्यालयले शारदा नगरपालिकाका अवैध घरपालुवा मदिरा जफत गरी आज नष्ट गरेको छ ।

करीव एक सातादेखि नगरपालिकाभित्र प्रहरीले छापा मारेर भाँडाकुडासहित घरेलु मदिरा जफत गरेर जिल्ला प्रहरी कार्यालयको परिसरमा नष्ट गरिएको हो । जिल्लामा ९० प्रतिशत हिंसा मदिरा सेवनबाट हुने भएकोले यसलाई रोक्न मदिरा नियन्त्रण गरिएको प्रहरी नायव उपरीक्षक भरतबहादुर विकले बताए ।

अवैध रुपमा मदिरा बनाइने कच्चा पदार्थमा मोजा, स्याम्पु र प्याडसमेत प्रयोग गरिएको पाइएकाले सचेत रहन उनले आग्रह गरे ।नगरपालिकाभित्र सबैखाले हिंसा रोक्न आफूले प्रतिबद्धता व्यक्त गरेकाले सोहीअनुसार काम भइरहेको नगरपालिका प्रमुख सुरेश अधिकारीले वताए । रासस

प्रतिक्रिया दिनुहोस