मन्त्रालय हेरफेरको तयारीः लालबाबुलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मन्त्रालय हेरफेरको तयारीः लालबाबुलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी


२ चैत्र २०७४, शुक्रबार


काठमाडौं । सरकारले शुक्रबार मन्त्रीमण्डल विस्तार गर्दैछ । मन्त्रीमण्डल बिस्तारका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंग्याएर सरकारलाई बुझाइ सकेका छन् ।

सरकार विस्तारसँगै सरकारले मन्त्रालयको जिम्मेवारीमा पनि हेरफेर गर्ने तयारी गरेको स्रोतले जनाएको छ । उच्च स्रोतका अनुसार लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइदै छ । वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका पण्डित यसअघि पनि सामान्य प्रशासन मन्त्री भइसकेका छन् । उनी डिभीपिआरका कारण निकै चर्चामा आएका थिए ।

प्रतिक्रिया दिनुहोस