एमालेले लगायो मन्त्रीको टुंगो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमालेले लगायो मन्त्रीको टुंगो


२ चैत्र २०७४, शुक्रबार


काठमाडौं । नेकपा एमालेले पार्टीबाट सरकारमा सहभागि हुने मन्त्रीको टुंगो लगाएको छ । एमालेले ६ मन्त्री र एक राज्यमन्त्री छानेको हो ।

एमालेले मन्त्रीको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । उनले शुक्रबार पार्टीका नेताहरुसँग छलफल गर्दै एमालेबाट बन्ने मन्त्रीहरु टुंगो लगमएका हुन् ।

एमालेले सचिव प्रदिप ज्ञवालीलाई परराष्ट्रमन्त्री, अर्का सचिव गोकर्ण विष्टलाई श्रम तथा रोजगारमन्त्री र नेता रविन्द अधिकारीलाई पर्यटनमन्त्री बनाउने निर्णय गरेको छ ।

यस्तै रघुवीर महासेठ भौतिक पुर्वाधारमन्त्री, शेरबहादुर तामाङ कानुनमन्त्री र जगत विश्वकर्मा युवा तथा खेलकुदमन्त्री बन्ने भएकाछन् ।

गोकुल बास्कोटालाई एमालेले सञ्चार राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस