प्रधानमन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिनुहुने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिनुहुने


२ चैत्र २०७४, शुक्रबार


may1 prime minister

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिने भएका छन्।

संघीय संसद् सचिवालयले प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वको वक्तव्य दिनेलगायत कार्यसूची तय गरेको छ।

प्रधानमन्त्री ओलीले गत फागुन २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगलाको विमान दुर्घटना र समसामयिक विषयमा वक्तव्य दिनुहुने बुझिएको छ। सो विषयमा बैठकले दुर्घटनामा निधन भएकाहरुलाई श्रञ्द्धाजलि दिने विशेष प्रस्तावसमेत पारित गर्नेछ।

बैठकमा उपसभामुखको निर्वाचनको कार्यसूची पनि छ

आज (शुक्रबार) दिउँसो १ बजेका लागि तोकिएको बैठक २ः१५ मा शुरु भयो। रासस

प्रतिक्रिया दिनुहोस