बोलेरो जिप दुर्घटनामा एकजनाको मृत्यु « प्रशासन
Logo १४ असार २०७९, मंगलबार
   

बोलेरो जिप दुर्घटनामा एकजनाको मृत्यु


२ चैत्र २०७४, शुक्रबार


बस दुर्घटना

म्याग्दी । म्याग्दीको बेनी–गलेश्वर सडकखण्ड अन्तर्गत जलेश्वरमा गएराति भएको बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

सामान छोडेर गलेश्वरदेखि बेनीतर्फ आउँदै गरेको ग २ च ४०४४ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा शख्त घाइते भएका चालक रकबहादुर सुनारको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मालिका गाउँपालिका–४ घर भएका करिब २८ वर्षका सुनारको शव परीक्षणको लागि बेनी अस्पतालमा राखिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए ।

दुर्घटनामा परेको उक्त बोलेरो जिप सडकबाट करिब १५ मिटर तल कालीगण्डकी नदीको किनारमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस