वडाध्यक्षमाथि आक्रमण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

वडाध्यक्षमाथि आक्रमण


१ चैत्र २०७४, बिहिबार


खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का वडाध्यक्ष लीला चौहानमाथि आक्रमण भएको छ ।

गएराति घर फर्कंदै गरेको अवस्थामा उहाँ आक्रमणमा पर्नुभएको हो । आक्रमणपछि भाग्नुभएका वडाध्यक्ष चौहान अहिलेसम्म सम्पर्कमा छैनन् ।

आक्रमणमा संलग्न जोशीचन्द्र राई, विसम राई, बद्री खड्कालगायत रहेको खुलेको प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारीदिए । जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको उनले बताए । घटनास्थलमा वडाध्यक्षले प्रयोग गरेको मोटरसाइकल र हेल्मेट भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस