प्रधानन्यायाधीश गोपाल पराजुलीद्वारा राजीनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानन्यायाधीश गोपाल पराजुलीद्वारा राजीनामा


१ चैत्र २०७४, बिहिबार


काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आज पदबाट राजीनामा दिएका छन् ।

न्याय परिषद्ले पदमुक्त घोषणा गरेका प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजिनामा बुझाएका हुन् ।

उमेरसम्बन्धी विवादमा परेका पराजुलीलाई न्यायपरिषद्का सचिवले गत साउन २१ मै अवकाश भइसकेको भनी बुधबार पत्राचार गरेपछि आज उनले शीतल निवास पुगी पदबाट राजीनामा दिएको हो ।

राष्ट्रपति कार्यालयका सह–प्रवक्ता केशव घिमिरेका अनुसार संविधान बमोजिम अवकाशप्राप्त प्रधानन्यायाधीशले राजीनामा दिएपछि स्वीकृत गरिरहनु पर्दैन, स्वतः पद रिक्त हुनेछ ।

सर्वोच्च अदालतमा आजैदेखि वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीश भई पेशी तोक्न शुरु गरेको छ ।

आजै हुने राष्ट्रियसभा अध्यक्षको शपथमा कायममुकायम प्रधानन्यायाधीशका हैसियतमा जोशी सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस