२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालक प्रहरी नियन्त्रणमा

अ+ अ-

रोल्पा । छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार मंगलबार साँझको समयमा खेल्न भनी घर बाहिर रहेकी बालिकालाई अँध्यारो हुनेबेला अभियुक्त बालकले ललाइफकाई जबर्जस्ती करणी गरेको पीडितका आफन्तले प्रहरीमा बयान दिएका छन् ।

असह्य पीडा भएपछि बालिकाले घरमा गई आफ्नी हजुरआमासँग घटनाका बारेमा जानकारी गराएकी थिइन् । त्यसपछि पीडित बालिकाकी हजुरआमाले यस विषयमा तत्काल प्रहरीमा उजुरी गरेसँगै जिल्ला प्रहरी कार्यालय रोल्पाको एक टोली घटनास्थल पुगेर घटनाका बारेमा अनुसन्धान गरी अभियुक्त बालकलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

बालिकालाई भने मेडिकलपश्चात् अभिभावकको जिम्मा लगाइएको छ । पीडित बालिका सदरमुकामकै एक निजी विद्यालयमा एल केजीमा र अभियुक्त बालक सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत छन् ।

अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका बालकलाई जिल्ला अदालत रोल्पाले थप अनुसन्धानका लागि बुधबार १० दिन म्यादथप गरेको स्रेस्तेदार मानबहादुर विष्टले जानकारी दिए।

जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठका अनुसार १० वर्षभन्दा मुनिको बालकले अपराध गरेमा कुनै सजायको व्यवस्था छैन । तर १० देखि १४ वर्षसम्मको उमेरमा अपराध गरेको ठहर भएमा छ महिनासम्म कैद हुने कानूनी व्यवस्था छ ।

चौधदेखि १६ वर्ष सम्मको उमेरमा अपराध गरेमा उमेर पुगेको अपराधीलाई हुने सजायको आधा सजाय हुने कानूनी व्यवस्था छ । यदि अदालतबाट यी अभियुक्त बालकलाई अपराध गरेको ठहर भई सजाय हुने भएमा अधिकतम छ महिनासम्म कैदको सजाय हुनेछ । तर अभियुक्त बालकलाई कारागारमा थुनामा राख्न पाइँदैन । यसरी अपराधमा संलग्न बालकलाई बाल सुधार गृहमा राखी कैदको सजाय असुल गरिने प्रावधान रहेको उनको भनाइ छ ।

प्रहरी नायब उपरीक्षक फुयाँलका अनुसार जिल्लामा बाल सुधार गृह नभएकोले अपराधजन्य गतिविधिमा संलग्न भएका बालबालिकालाई नियन्त्रणमा लिई संरक्षण दिन समस्या हुने गरेको छ ।

यसैगरी फागुन १२ गते १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरी हिरासतमा राखेका सुनछहरी गाउँपालिका फगाम रोल्पाका १७ वर्षीय किशोरलाई जिल्ला अदालत रोल्पाको आदेशअनुसार पुर्पक्षका लागि बुधबारदेखि थुनामा राखिएको छ ।

यस्तै रुन्टीगढी गाउँपालिका रोल्पाकी २८ वर्षीया महिलालाई १८ देखि २४ वर्ष उमेर समूहका पाँचजना युवाले फागुन पहिलो साता सामूहिक बलात्कार गरेको अभियोगमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका चारजनालाई पनि जिल्ला अदालत रोल्पाको आदेशअनुसार हिजोदेखि नै पुर्पक्षका लागि थुनामा राखिएको छ ।

जिल्ला न्यायाधीश श्रेष्ठको इजलासले थुनछेकको आदेश गर्दा जबर्जस्ती करणीको अभियोगमा प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखिएको जिल्ला अदालत रोल्पाका स्रेस्तेदार विष्टले जानकारी दिए ।

0 Comments