२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुन्डानाइके गणेश लामा पेस्तोलसहित पक्राउ

अ+ अ-

काठमाडौं । गुन्डानाइके गणेश लामा हतियारसहित पक्राउ परेका छन् । प्रहरीले उनीसँग टाइप ५४ लेखिएको चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद गरेको छ । लामाको बा.३च १७२ नम्बरको प्राडो गाडी पनि नियन्त्रणमा लिइएको छ ।

प्रहरीका अनुसार गौशालाको पिंगलास्थानमा बुधबार राति करिब साढे ९ बजे अज्ञात समूहले आफूलाई लक्षित गरेर गोली प्रहार गरेपछि प्रतिकारमा लामाले पनि गोली चलाउने तयारी गर्दै थिए । त्यहीवेला उनी पक्राउ परे । लामालाई गोली प्रहार गर्ने समूहलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले लामालाई गोली प्रहार गर्ने तयारीमा रहेको अवस्थामा पक्राउ गरिएको बताए । ‘लामा पेस्तोल र गोलीसहित पक्राउ परेका छन् । उनले कसैलाई गोली प्रहार गर्न खोज्दै थिए । सोही क्रममा उनी पक्राउ परेका छन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ । थप जानकारी भोलि मात्रै आउनेछ,’ उनले भने ।

लामालाई महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पिंगलास्थानमा बुधबार स्थानीय जात्रा लाग्दै थियो । सर्वसाधारणको भिड बाक्लै थियो । एक्कासि गोली चलेको आवाज आएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । त्यहाँ लामाले कसैलाई लखेटिरहेका थिए । त्यही क्रममा उनी पक्राउ परेका हुन् । शरीर खानतलासी गर्ने क्रममा उनको साथबाट पेस्तोल बरामद भयो । प्रहरीका अनुसार बरामद पेस्तोलमा एक थान गोली चेम्बरमा लोड गरिएको छ भने बाँकी म्यागजिनभित्रै भेटिएका छन् ।

बयानका क्रममा लामाले आफूलाई अज्ञात समूहले गोली हानेको बताएका छन् । ‘लामा गाडीभित्रै थिए । एक्कासि गोली प्रहार भयो । लामा गाडीबाट उत्रिए । आफूसँग रहेको पेस्तोल झिक्दै गोली प्रहार गर्ने व्यक्तिलाई लखेट्न उत्रिए । तर, गोली प्रहार भने गर्न भने भ्याएनन् । यही क्रममा हाम्रो टोली पुग्यो । उनी पक्राउ परे,’ लामाको बयानमा संलग्न एक प्रहरी अधिकारीले भने । लामा कांग्रेसको तर्फबाट काभ्रेबाट प्रदेश सभाको उम्मेदवार थिए । तर, पराजित भएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments