उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको समापन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको समापन


३० फाल्गुन २०७४, बुधबार


काठमाडौं । रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न भएको छ । यही फागुन २० गतेबाट सञ्चालित तालिम बुधबार सम्पन्न भएको हो । नेपाल सरकारका विभिन्न निकायका पदाधिकारीहरु, नेपाली सेना लगायत अन्य सुरक्षा निकायका रथी तथा अधिकृतहरु गरी २५ जनाले तालिममा सहभागिता जनाएका थिए ।

समापन समारोहमा बोल्दै ईश्वर पोखरलले तालिम सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरे । उनले सुरक्षा बहु–आयामिक विषय भएकोले मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, भौतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र मानवीय पक्षलाई समेत समेट्ने बताए । मन्त्री पोखरेलले तालिमबाट सिकेको ज्ञानले आगामी दिनहरुमा कार्यकुशलता र कार्य सम्पादन क्षमतामा थप अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिएको बताए ।

समापन समारोहमा मुख्य सचिव लोकदर्शन रेग्मी, प्रधान सेनापति महारथी राजेन्द्र क्षत्री लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस