गृह प्रवक्तामा सुवेदी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गृह प्रवक्तामा सुवेदी


३० फाल्गुन २०७४, बुधबार


काठमाडौं । गृहमन्त्रालयको प्रवक्तामा रामकृष्ण सुवेदी नियुक्त भएका छन् ।

यसअघि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रहेका सुवेदी गृह मन्त्रालयअन्तर्गत शान्ति सुरक्षा महाशाखाको प्रमुख तथा प्रवक्ताको रुपमा बुधबारदेखि जिम्मेवारी सम्हालेका हुन् ।

यसअघिका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडी मन्त्रालयको नीति तथा योजना महाशाखामा सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस