प्रधानमन्त्री ओली र बंगलादेशका नागरिक उडड्यन मन्त्रीबीच भेटवार्ता « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री ओली र बंगलादेशका नागरिक उडड्यन मन्त्रीबीच भेटवार्ता


३० फाल्गुन २०७४, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग र बंगलादेशका नागरिक उडड्यन तथा पर्यटन मन्त्री ए.के.एम. शाहाजहाँ कमालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले गत फागुन २८ गते भएको यूस बंगलाको विमान दुर्घटनालाई अकल्पनिय तथा दुखद् घटना भएको बताए । मन्त्री कमालले नेपाल सरकारले विमान दुर्घटना पछि घाइतेको उद्धार र उपचारमा देखाएको सक्रियताको प्रशंशा गरेका छन् । नेपालले देखाएको सक्रियताका लागि बंगालादेशी प्रधानमन्त्री शेख हसिना वाजेजले पनि कृतज्ञता सहित धन्यवाद ज्ञापन गरेको भेटका क्रममा काममले बताए ।

प्रधानमन्त्री ओलीले भेटका क्रममा विमान दुर्घटनाबाट निधन भएकाहरुको शोकमा परेका बंगलादेशका प्रधानमन्त्री, सरकार र जनतालाई समवेदना सहित सहानुभुति प्रकट गरेका छन् । प्रधानमन्त्री ओलीले घटनाको छानविनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको जानकारी दिँदै आयोगले प्रतिवेदन बुझाएपछि घटनाको सत्यतथ्य बाहिर आउने बताए ।

प्रतिक्रिया दिनुहोस