आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने– प्रधानमन्त्री ओली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने– प्रधानमन्त्री ओली


३० फाल्गुन २०७४, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशिल दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संशोधन गर्न सकिने स्पष्ट पारेका छन् । संसदमा आफुलाई विश्वासको मत दिएका प्रतिनिधि सभा सांसद, राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा ओलीले उक्त कुरा बताएका हुन् ।

‘संविधान समयको माग अनुसार संशोधन हुन्छ’ओलीले भने,‘तर देशलाई नोक्सानी हुने गरी, अखण्डतामा असर पर्ने गरी संसोधन हुदैन । देशलाई थप मजवुद तर एकतावद्ध पार्नका लागि संसोधन हुन्छ ।’

प्रधानमन्त्री ओलीले सरकालाई आतंककारी क्रियाकलाप सैह्य नहुने बताउनुभएको छ । अप्राकृतिक,असामाजिक तत्वहरुले यस किसिमका क्रियाकलापबाट फाइदा लिन्छु भन्ने नसोचे राम्रो हुने प्रधानमन्त्री ओलीको चेतावनी छ ।

ओलीले सरकारलाई आतंककारी गतिविधि सैह्य नहुने बताउँदै हिंसा र अपराध रोक्न कडाइका साथ लागिपर्ने बताए । ‘अब बलात्कारका घटना रोकिन्छन् । महिला हिंसाका विरुद्ध जागरण अभियान पनि चलाइन्छ’ ओलीले भने, ‘कडा कानुन बनाएर कार्यन्वयन पनि गरिन्छ ।’प्रधानमन्त्री ओलीले आफु भ्रष्टाचारप्रति असहिष्णु हुने कुरा दोहोर्याएका छन् ।

ओलीले केही तत्वहरुले सरकार बलियो हुँदा तानशाही हुने, लोकतान्त्रीक नहुने, कानुनको राज भयो भने निरंकशुता हुने, लोकतन्त्र नहुने जस्ता प्रचार गरेर जनतालाई भ्रमित पार्न खोजेको बताए । यस्ता भ्रममा नपर्न पनि उनले अग्रह गरेका छन्

ओलीले सांसदहरुलाई मर्यादामा बस्न निर्देशन दिएका छन् । जनताको मतले आफूहरु सांसद भएकोले हरेक गतिविधि जनताको हितका निमती गर्न ओलीले सांसदहरुलाई आग्रह गरेका हुन् ।

कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्टिकय जनता पार्टीका प्रतिनिधिसभा, राष्टिकयसभा र प्रदेशसभाका सांसदहरुको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस