२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमानस्थलभित्रै भएको जहाज दुर्घटनाले उब्जाएका सात प्रश्न

अ+ अ-

१. धावनमार्गसँग पाइलट कति अभ्यस्त थिए ?

पाइलटहरूका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राविधिक रूपमा विश्वका अन्य विमानस्थलको तुलनामा जोखिमपूर्ण मानिन्छ । खासगरी, अग्ला चुचुरा छिचोलेर उपत्यका प्रवेश गर्नुपर्ने र घना बस्तीको बीचमा छोटो दूरीको धावनमार्गमा जहाज उडान–अवतरण गर्नुपर्ने चुनौती हुन्छ । युएस–बंगला एयरलाइन्सको उडान नम्बर युबिजी २११ (डिएच८डी) जहाजको कमान्ड सम्हालेका पाइलट अबिद सुल्तान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र यहाँको धावनमार्गसँग अभ्यस्त थिए । किनभने उनले यसअघि पनि पटक–पटक काठमाडौंको उडान भरिसकेका थिए ।

२. पाइलटको शारीरिक र मानसिक अवस्था

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार अहिले युएस–बंगला र बंगलादेशको नागरिक उड्डयन प्राधिकरणसँग पाइलटको उडान विवरण, अनुभवलगायत सम्पूर्ण विवरण माग गरिएको छ । बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार सुल्तानले दुर्घटनामा ज्यान गुमाउनुअघि पाँच हजार घन्टा जहाज उडाइसकेका थिए । सोमबार दुर्घटनामा परेको जहाज भने १ हजार ७ सय घन्टा उनको कमान्डमा उडेको थियो । बंगलादेशको इन्टरनेट न्युजपेपर बिडिन्युजडटकमका अनुसार सोमबार नै उनी क्यानडाबाट सोही जहाज उडाएर बंगलादेश आएका थिए । त्यसपछि दोस्रो उडानका क्रममा बंगलादेशबाट नेपाल आएको बिडिन्युजको समाचारमा उल्लेख छ ।

३. १७ वर्ष पुरानो जहाज यसअघि सामान्य दुर्घटनामा

दुर्घटनाग्रस्त यो जहाज क्यानेडियन कम्पनी बम्बाडियरले पहिलोपटक सन् २००१ मा स्क्यान्डानेभियन एयरलाइन्स (एएसए)लाई डेलिभरी गरेको थियो । उक्त कम्पनीले जर्मनीको अउगसबर्ग कम्पनीलाई सन् २००८ मा बेचेको थियो । सो कम्पनीबाट युएस–बंगलाले यो जहाज सन् २०१४ मा किनेको हो । यसअघि यही जहाज बंगलादेशको साइदपुर विमानस्थलमा सामान्य दुर्घटनामा परे पनि मानवीय तथा भौतिक क्षति नभएपछि लगत्तै उडानयोग्य बनेको थियो ।

४. धावनमार्गमा खराबी थियो ?

विमानस्थलको आलोचनाको अर्को विषय धावनमार्ग पनि हो । वेलावेला पिच उप्कनेदेखि जनावर र चराको आतंक यहाँ सामान्य मानिन्छ । तर, अहिले धावनमार्गमा कुनै समस्या नरहेको विमानस्थल व्यवस्थापन दाबी गर्छ । ‘त्रिभुवन विमानस्थलभित्रको कुनै पनि संरचनाका कारण जहाज दुर्घटनामा परेको देखिँदैन,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘तर, अनुमानको भरमा बोल्नुभन्दा उच्चस्तरीय दुर्घटना जाच आयोगको प्रतिवेदन कुर्नु राम्रो हुन्छ ।’

५. एटिसी नै अलमलमा थिए ?

युएस–बंगला एयरलाइन्सका उच्च अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार जहाज दुर्घटनामा एयर ट्राफिक कन्ट्रोलर (एटिसी)को हात रहेको आरोप लगाइएको छ । एटिसीले समयमा उचित सूचना दिन नसक्दा पाइलट झुक्किएको युएस–बंगला एयरलाइन्सको दाबी छ । तर, त्रिभुवन विमानस्थलका अधिकारीहरूका अनुसार एटिसीले दिएको निर्देशन सही पालना भएको भए पूर्वनिर्धारित समयमै सुरक्षित अवतरण सम्भव थियो । एउटा दिशाबाट अवतरणको अनुमति दिइसकेपछि पनि अर्को दिशातर्फ मोडिनु, आकाशमा छँदा कुनै इमर्जेन्सी घोषणै नगरी अवतरणका लागि तयार भएपछि एटिसीले थप निर्णय लिने मौका नपाएको महाप्रबन्धक क्षेत्रीले बताए ।

६. दुर्घटनाका वेला ड्युटीमा रहेका एटिसी अर्को शाखामा सरुवा

यसैबीच, त्रिभुवन विमानस्थल व्यवस्थापनले दुर्घटनाको समय ड्युटीमा रहेका एटिसीको शाखा परिवर्तन गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संठगन (आइकाओ)को नियमअनुसार प्रत्यक्ष दुर्घटना देखेका एटिसीलाई केही दिन मानसिक रूपमा कम तनाव हुने शाखामा सारिएको विमानस्थल व्यवस्थापनको भनाइ छ । ‘एटिसी अति दबाबमा काम गर्नुपर्ने पेसा हो,’ महाप्रबन्धक क्षेत्री भन्छन्, ‘त्यसकारण केही दिनका लागि सोमबार एटिसी सम्हालेका कर्मचारीलाई अरू शाखामा पठाएका छौँ ।’

७. इयूको कालोसूची लम्बिन्छ ?

नेपाली आकाशलाई असुरक्षित देखाउँदै सन् २०१३ देखि युरोपेली युनियनले नेपाली वायुसेवालाई प्रतिबन्ध लगाएको छ । एभिएसन सेफ्टी लिस्ट (कालोसूची)मा राखेको युनियनले यसै वर्ष नेपाललाई उक्त सूचीबाट हटाउने अपेक्षा थियो । तर, नेपाली भूमिमा भएका ठूला दुर्घटनापछि अब के हुन्छ भन्ने प्रश्न उठेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक भन्छन्, ‘यो बंगलादेशको नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएको जहाज हो, त्यसकारण जाँच आयोगको प्रतिवेदन नआएसम्म अन्तर्राष्ट्रिय निकायले कुनै मूल्यांकन गर्दैनन् ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments