बलात्कारीलाई ६ वर्ष कैद « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बलात्कारीलाई ६ वर्ष कैद


२९ फाल्गुन २०७४, मंगलबार


हेटौंडा । मकवानपुर जिल्ला अदालतले बालिकालाई बलात्कार गरेको ठहर गर्दै एक युवकलाई ६ वर्ष कैद सजाय तोकेको छ ।

जिल्ला न्यायाधीश स्वीकृत पराजुलीको सोमबार बसेको इजलासले काठमाडौं साँगा घर भएका २६ वर्षीय दिनेश अधिकारीलाई १५ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै १५ हजार रुपैयाँ क्षतिपूर्ति भराउनेसमेत आदेश दिएको छ ।

अभियुक्तले बालिकालाई ०७३ मंसिर २४ गते हेटौंडास्थित एक होटलमा बलात्कार गरेका थिए । यस्तै बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले एक वृद्धलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश ध्रुवकुमार पियाको सोमबार बसेको इजलासले थाहा नगरपालिका–१ का ६२ वर्षीय नन्दलाल गोपालीलाई १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । आरोपीले बालिकालाई प्रलोभनमा पारेर विगत ७ महिनादेखि बलात्कार गर्दै आएको र पछिल्लोपटक फागुन १ गते घरमै ल्याएर बलात्कार गरेको प्रहरीको भनाइ छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस