२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘काम छ’ भन्दै बाहिर बोलाएर घोडाघोडीका मेयरमाथि गोली र खुकुरी प्रहार

अ+ अ-

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि सोमबार राति अज्ञात समूहले गोली र खुकुरी प्रहार गरेको छ । गम्भीर घाइते चौधरीको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि नेपालगन्ज मेडिकल कलेज लगिएको छ ।

घोडाघोडी– ५ सुख्खडस्थित घरमै रहेका चौधरीमाथि राति ८ः१० बजे आक्रमण भएको हो । उनलाई ‘काम छ’ भन्दै बाहिर बोलाएर गोली र खुकुरी प्रहार गरिएको परिवारका सदस्यले बताए । उनको कम्मरमुनि गोली र टाउको तथा दायाँ हातमा खुकुरीको चोट लागेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

मेयर चौधरीलाई तत्कालै सुख्खडस्थित घोडाघोडी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि राति नै नेपालगन्ज मेडिकल कलेज पुर्‍याइएको जिल्ला प्रहरी कार्यालयका एसपी विनोद शर्मा घिमिरेले बताए । ‘मेयरको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्,’ एसपी घिमिरेले भने ।

पेस्तोल देखाउँदै भागे

तीन मोटरसाइकलमा आएका उनीहरूको पहिचान र आक्रमणको कारण खुलेको छैन । घटनास्थलबाट प्रहरीले से.२प ३६७१ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

‘बन्दुक पड्किएकोजस्तो आवाज सुनियो, के भएको हो भनी बाहिर आएर हेर्दा मेयरले मलाई बचाऊ भन्नुभयो,’ छिमेकी विशाल पाण्डेयले भने । मेयरले ‘म बाँच्छु, मलाई अस्पताल लैजाऊ’ भनेपछि स्कुटरमा राखेर अस्पताल पुर्‍याएको पाण्डेयले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments