सार्वजनिक बिदा कटौती हुने : १०५ बाट ८४ दिनमा झार्न प्रस्ताव « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सार्वजनिक बिदा कटौती हुने : १०५ बाट ८४ दिनमा झार्न प्रस्ताव


२६ फाल्गुन २०७४, शनिबार


काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक बिदामा कटौती गर्न प्रस्ताव गरेको छ । धेरै दिन बिदा हुँदा सार्वजनिक सेवा प्रवाहमा असर परेको विश्लेषण गर्दै गृहले हाल दिइँदै आएको बिदामा २१ दिन काटौती गर्न प्रस्ताव गरेको छ ।

सरकारले विभिन्न चाडपर्व, दिवस र शनिबार गरी १ सय ५ दिनसम्म सार्वजनिक बिदा दिँदै आएको छ । गृहले अब यो बिदामा २१ दिन कटौती गर्दै आगामी वर्षदेखि ८४ दिन मात्रै बिदा दिने गरी सरकारसमक्ष प्रस्ताव लैजाने तयारी गरेको छ । सरकारले बिदा दिने प्रवृत्तिलाई हल्का बनाएको र जस्तासुकै चाडको अवसरमा पनि सार्वजनिक बिदा दिने प्रचलन बढाएकाले सेवा प्रवाहमा गम्भीर असर परेको गुनासा अत्याधिक आउन थालेपछि गृहले बिदा कटौती गर्ने गृहकार्य गरेको हो ।

गृह मन्त्रालय आन्तरिक व्यवस्थापन शाखाका प्रमुख उपसचिव यदुनाथ पौडेलले हालको बिदामा पुनर्विचार गर्न जरुरी देखिएकाले सोही अनुसार गृहकार्य गरिएको बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस