२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदमा चुनावै चुनाव

अ+ अ-

काठमाडौं । चैत ५ गतेभित्र सबै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक समय सीमाका कारण अबको डेढ सातासम्म संसद्मा नियमित रूपमा चुनाव हुने भएको छ। यस अवधिमा प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिनेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका नेता–उपनेता चयन गर्ने कार्यसूची छ।

संसद् सचिवालयले चैत ४ सम्म विभिन्न पदको चुनावी कार्यतालिका सार्वजनिक गरेको छ।संसद्का प्रवक्ता भरतराज गौतमका अनुसार प्रतिनिधिसभा सभामुखका लागि शुक्रबार उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। शनिबार सभामुखका लागि मतदान हुनेछ। प्रतिनिधिसभा प्रारम्भ भएको १५ दिनभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ। वाम गठबन्धनको बहुमत रहेकाले गठबन्धनको उम्मेदवार नै सभामुख बन्ने निश्चित छ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने र फरक–फरक दलको हुनुपर्ने संविधानको धारा ९१ मा व्यवस्था छ। उक्त व्यवस्थाअनुसार नै फरक लिंग र दल मिलाउन उपसभामुखको निर्वाचन केही दिनपछि तोकिएको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री केपी ओलीले फागुन २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन्। प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। विगतमा संसद्बाट मात्र प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था रहे पनि नयाँ संविधानले राष्ट्रपतिबाट नियुक्तिको व्यवस्था गरेको छ। प्रतिनिधिसभामा वाम गठबन्धनको झन्डै दुई तिहाइ मत रहेको र मधेसकेन्द्रित दलले पनि सघाउने तयारी भइरहेकाले प्रधानमन्त्री ओलीले दुई तिहाइ बहुमत पाउने अनुमान गरिएको छ।

फागुन २९ गते राष्ट्रपति निर्वाचन हुँदै छ। संसद्मा चुनाव नभए पनि संघीय संसद् र प्रदेश संसद्का सांसद राष्ट्रपति निर्वाचनका मतदाता हुन्। राष्ट्रपतिका लागि विद्यादेवी भण्डारी र कांग्रेसकी कुमारी लक्ष्मी राईले बुधबार उम्मेदवारी दिएका छन्। राष्ट्रपति निर्वाचनका लागि प्रदेशका सांसद काठमाडौं आउने क्रम सुरु भइसकेको छ।

प्रवक्ता गौतमका अनुसार फागुन २८ गते राष्ट्रियसभा अध्यक्षमा मनोनयन दर्ताको कार्यतालिका तय भएको छ। राष्ट्रियसभामा पनि वाम गठबन्धनको स्पष्ट बहुमत रहेकाले गठबन्धनकै उम्मेदवारले जित्ने अवस्था छ। अध्यक्षका लागि ३० गते निर्वाचन तोकिएको छ। राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमध्ये एक महिला हुनुपर्ने संविधानको धारा ९२ मा उल्लेख छ। चैत १ गते प्रतिनिधिसभाको उपसभामुख र चैत ३ गते राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी दिने कार्यतालिका छ। प्रवक्ता गौतमका अनुसार चैत २ मा उपसभामुख र ४ गते उपाध्यक्षको निर्वाचन हुनेछ।

‘संविधानले नै निर्धारण गरेको समयसीमाभित्र सबै निर्वाचन गर्ने गरी कार्यतालिका बनाएका छौं’, प्रवक्ता गौतमले भने, ‘सबै पदको निर्वाचन सम्पन्न भएपछि संसद् अन्य बिजनेसमा प्रवेश गर्नेछ।’ दुवै सदनले आ–आफ्नो नियमावली बनाउन छुट्टाछुट्टै समिति बनाए पनि चुनावका कारण ती समितिले गति लिन सकेका छैनन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments