२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनियमित विद्युत् आपूर्तिले उपभोक्ता हैरान

अ+ अ-

खोटाङ । पटकपटकको विद्युत् आपूर्ति बन्दले खोटाङ र ओखलढुङ्गाका उपभोक्ता हैरान भएका छन् । लामो दूरी, जंगलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जाने गर्दा पटकपटक विद्युत् आपूर्ति बन्द हुन्छ । यो समस्याबाट दुई जिल्लाका हजारौँ सेवाग्राही हैरानीमा परेका हुन् ।

अहिले ३३ केभी प्रसारण लाइन विद्युत् विस्तार गरिएका दुई जिल्लामा करिब हप्ता दिनसम्म विद्युत् अवरुद्ध हुने गरेको छ । विद्युत् आपूर्ति खुलाउन प्राधिकरणले प्राविधिक टोली तत्कालै पठाए पनि उनीहरु विभिन्न बहानामा फोन सम्पर्क नहुने ठाउँ गएर बस्ने गरेका छन् ।

दिक्तेलस्थित कार्यालयबाट खटिएका प्राविधिक टोली भत्ताको लोभमा विद्युत् आपूर्ति खुलाउन नचाहने स्रोतको दाबी छ । ‘कार्यालयबाट आउने प्रविधिज्ञ मासु र रक्सी खाएर बस्छन्,’ नाम नभन्ने शर्तमा एक उपभोक्ताले भने, ‘उनीहरु गाउँमा आएर मोजमस्ती गर्दै बसेपछि अवरुद्ध विद्युत् कसरी खुल्छ ?’ दिक्तेल–गाईघाट प्रसारण लाइन लामो दूरी भएकै कारण पटकपटक समस्या आउने गरेको नेपाल विद्युत् प्राधिकरण खोटाङका प्रमुख नारायणप्रसाद चौधरीले बताए ।‘मौसाममा खराबी आउनासाथ ठाउँ ठाउँमा विद्युत् अवरुद्ध हुने गरेको छ,’ उनले भने, ‘पटकपटकको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न लागिपरेको छु ।’

जिल्लामा अलि बढी पानी पर्दा, हुँडरी चल्दा र बाढी तथा पहिरो आउँदा विद्युत् अवरुद्ध हुने गरेको छ । वर्षात्को समयमा अवरुद्ध भएको विद्युत् आपूर्ति खुलाउन करिब हप्ता दिन लाग्ने गरेको छ । खोटाङ र ओखलढुंगामा विस्तार गरिएको ३३ केभी विद्युत् प्रसारण लाइनको स्तरोन्नति नगरिएसम्म समस्या रहिरहने उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए । ‘पुरानो संरचनामै क्षमता विस्तार गरिएको छ,’ उनले भने, ‘यसप्रति समयमै ध्यान नदिइए ठूलो दुर्घटना हुने सम्भावना छ ।’ कमजोर संरचना भएकै कारण अवरुद्ध विद्युत् लाइन मर्मत गर्ने क्रममा खोटाङमा मात्रै अहिलेसम्म आधा दर्जनभन्दा बढी प्रविधिज्ञको ज्यान गइसकेको छ । धेरै प्रविधिज्ञ अंगभंग भएर बसेका छन् ।

वर्षात्को समयमा विद्युत् अवरुद्ध नहोस् भनेर प्रसारण लाइन वरपर रहेको झाडी फाँड्ने गरिएको छ । जंगलको बाटो भएर उदयपुरको जलजलेबाट खोटाङको बुइपामा ल्याएर सबस्टेशनमा जोडिएको विद्युत् दुई जिल्लामा विस्तार गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङ जिल्लाको साबिकको ४१ गाविसमा तथा एक नगरपालिका र सात गाउँपालिका रहेको ओखलढुंगा जिल्लाको सदरमुकाममा मात्र केन्द्रीय लाइनको विस्तार भएको छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५७ सालमा उद्घाटन गर्नुभएको केन्द्रीय प्रसारण लाइनको विद्युत् अहिलेसम्म सबै पालिकामा विस्तार हुन सकेको छैन । रासस

0 Comments